सिन्धुली, ९ चैत । हरिहरपुरगढी गाउँपालिका उपाध्यक्ष चेक बहादुर थिङले गाउँपालिकाको लेटरप्याडको प्रयोग गरी गाउँपालिका अध्यक्ष विरुद्ध गतिविधि गरेको भन्दै न्यायीक समिति सदस्यहरुले आपत्ती जनाएका छन् ।
गाउँपालिकाको न्यायीक समिति संयोजक समेत रहेका उपाध्यक्ष थिङले न्यायीक समितिमा दर्ता नै नभएको निवेदनको बिषयलाई लिएर अध्यक्ष वाईबाको विरुद्धमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पत्र लेखि पठाएको भन्दै न्यायीक समिति सदस्यहरुले आपत्ती जनाएका छन् ।
न्यायीक समिति सदस्यहरु मोहनकाजी विश्वकर्मा र सन्तली राईले पे्रश विज्ञप्ती निकाल्दै गाउँपालिका अध्यक्ष वाईबाको विरुद्धमा न्यायीक समितिमा उजुरी दर्ता नभएको बताएका छन् ।