सिन्धुली, २१ असोज । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा छाडा छोडिएका कुकुरहरुको बन्ध्याकरण गरिएको छ ।
हरिहरपुरगढी गाउँपालिकाको आयोजना र केन्द्रीय रिफरल पशु चिकित्सालय काठमाडौंको प्राविधिक सहयोगमा शिविर आयोजना गरेर गाउँमा छाडा छोडिएका कुकुरहरुको बन्ध्याकरण गरिएको हो ।
शिविरको पहिलो दिन आज ५४ वटा कुकुरहरुको बन्ध्याकरण गरिएको गाउँपालिकाले जनाएको छ ।
तीन दिन सम्म चल्ने शिविरको आज गाउँपालिकाका उपाध्यक्ष चेख बहादुर थिङको अध्यक्षता तथा केन्द्रीय रिफरल पशु चिकित्सालयका प्रमुख पशु चिकित्सक डाक्टर टक प्रसाद प्रसाईको प्रमुख आतित्थ्यतामा उद्घाटन गरिएको छ ।
गाउँमा छाडा छोडिएका कुकुरहरुको संख्या घटाउन बन्ध्याकरण शिविर संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।