सिन्धुली, ७ असार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा झन्डै दुई दर्जन जनाले विभिन्न पार्टी छाडेर नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् ।
नेकपा एमाले र नेपाली काग्रेस परित्याग गरेका १७ जनालाई माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले पार्टी प्रवेश गराउनुभएको हो ।
पार्टी प्रवेश गराउदै केन्द्रीय सदस्य दाहालले क्षमताको आधारमा उचित जिम्मेवारी दिईने बताउनुभयो ।