हरिहरपुरगढीमा काग्रेस छाडेर माओवादी केन्द्रमा प्रवेश

बुद्ध नेपाली
  • ख-
  • ख+


झनझने, १६ भदौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ मा आज शनिवार नेकपा (माओवादी केन्द्र) अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को गठन गरिएको छ ।

जनतासँग माओवादी, विशेष रूपान्तर अभियानको क्रममा दोष कुमारी ठाडाको अध्यक्षतामा ७ सदस्यीय अखिल नेपाल महिला संघ (क्रान्तिकारी) वडा स्तरीय कमिटि बनाईएको हो ।

वडास्तरीय कमिटिको उपाध्यक्ष महमाया समाल, सचिवमा भिम कुमारी आले, कोषाध्यक्षमा बविता श्रेष्ठ र सचिवमा कृष्टिना थिङ चयन भएका नेकपा( माओवादी केन्द्र ) हरिहरपुरगढी गाउँपालिका वडा नं. ३ कमिटिका सचिव जिवन दर्लामीले जानकारी दिनुभयो ।

जनतासँग माओवादी, विशेष रूपान्तर अभियानको क्रममा वडा नं. ३ का दुई जना सुरेश विक, सुक बहादुर योञ्जनले नेपाली काग्रेस छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?