सिन्धुली, ३० भदौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका अव्यवस्थित बसोवासीहरुलाई लालपुर्जा वितरणको तयारीलाई तिव्रता दिइएको छ ।
हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर १ र ३ का ७७ जना अव्यवस्थित बसोवासीहरुलाई लालपुर्जा वितरणको तयारी तिव्र पारिएको हो ।
अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा वितरणको लागि हिजो हरिहरपुरगढी गाउँपालिका वडा नं. ३ को गुर्जीमा रहेको अव्यवस्थित बसोबासीहरुको जग्गा अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ ।
राष्ट्रिय भुमि आयोग सिन्धुलीका अध्यक्ष बाबुराम राई, हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबा, राष्ट्रिय भुमि आयोगका सदस्यहरु, नापी कार्यालयका प्रमुख सरोज श्रेष्ठ, हरिहरपुरगढी गाउँपालिकाका कर्मचारी लगाएतले अनुगमन गरिएको राष्ट्रिय भुमि आयोग हरिहपुरगढी गाउँपालिकाका फोकलपर्सन राजु उप्रेतीले जानकारी दिनुभयो ।
अन्तिम चरणको अनुगमन गरेर वडा नम्बर १ र ३ का ७७ जना अव्यवस्थित बसोवासीहरुलाई लालपुर्जा वितरण प्रक्रिया सुरु गर्न थालिएको उप्रेतीले जानकारी दिनुभयो ।