हरिहरपुरगढीकाे हाक्पारा र चाईचुट्टी जाेड्ने मरिण खाेला झाेलुङ्गे पुलकाे उद्घाटन

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली,२३ कार्तिक । हरिहरपुरगढी गाउँपालिका वडा नं. ४ काे हाक्पारा र चाईचुट्टी जाेड्ने मरिण खाेला झाेलुङ्गे पुलकाे उद्घाटन गरिएकाे छ ।

संघिय सरकारकाे शहरी विकास मन्त्री सिता गुरुङ, बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, भाैतिक पुर्वाधारमन्त्री युवराज दुलाल, संघिय सांसदद्वय सुशिला थिङ, लेखनाथ दाहाल (राजन) हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईवा लगाएतले पुलकाे उद्घाटन गर्नुभएकाे हाे ।

कुल ३ कराेड भन्दाबढी लागतमा निर्माण भएकाे झाेलुङ्गे पुलकाे लम्बाइ २ सय ८३ मिटर रहेकाे छ । झाेलुङ्गे पुल भएपछि हरिहरपुरगढी गाउँपालिका वडा नं. ४ चाईचुट्टीकाे दुई सय घरधुरीका ८ सय भन्दाबढी नागरिक लाभान्वित हुने हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबाले बताउनुभयो ।

झाेलुङ्गे पुल बनेपछि  चाईचुट्टीका नागरिकलाई आवतजावत गर्न सहज हुनुका साथै उत्पादित कृषि सामाग्री बजार सम्म लैजान सहज हुने स्थानीयकाे भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्