हरिहरपुगढी गाउँपालिका २ मा भएको एकीकृत घुम्ती शिविरबाट ५ सय ७४ जना स्थानीयबासी लाभान्वित

सिन्धुली प्रेस
  • ख-
  • ख+


कविराज वाईबा
सिन्धुली, १२ जेठ । सिन्धुलीको हरिहरपुगढी गाउँपालिको अहिले एकीकृत घुम्ती शिविर सञ्चालन भइरहेको छ । वडा नम्बर २ मा आज भएको घुम्ती शिविरमा ५ सय ७४ जना स्थानीयबासीलाई विभिन्न सेवा लिएका छन् । शिविरमा १९७ जनालाई सामाजिक सुरक्षा भत्ता, ६ जनालाई अपाङ्गता परिचयपत्र, २६ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

शिविरमा ८७ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र २५८ वटा पशुको समेत उपचार गरिएको छ । भौगोलिक जटिलता, वृद्धवृद्धा तथा अपाङ्गता भएका कारण गाउँपालिका सम्म आएर सेवा लिन नसकेका जनतालाई घरघरमै सेवा प्रदान गर्ने उद्देश्यले सबै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाले बताउनुभयो ।

शिविरमा वडा नम्बर २ का वडा अध्यक्ष विश्व राई, गाउँपालिकाका प्रमख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, पञ्जीकरण शाखा प्रमुख मनोराज घिसिङ तथा शाखागत कर्मचारीहरु, स्थानिय लगाएतको उपस्थिती रहेको थियो । हरिहरपुरगढी गाउँपालिकाको ’तेस्रो त्रैमासिक एकीकृत घुम्ती शिविर’ गएको जेठ ५ गतेका दिन वडा नम्बर ८ बाट सुरु गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्