सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’, आत्मनिर्भर अर्थतन्त्रमा ठुलो योगदान पुग्ने प्रधानन्त्रीको विश्वास ।

बुद्ध नेपाली
  • ख-
  • ख+


सिन्धुली, २६ बैशाख । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण सुरु गरिएको सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ ।

बुधवार सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा आयोजित एक कार्यक्रमका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड)को उपस्थितीमा सुरुङको खन्न बाँकी केही सेन्टिमिटर दुरी खनेर सुरुङ्ग छिचोलिएको हो ।

प्रधानमन्त्री प्रचण्डले स्विच थिचेपछि टीबीएम मेसिनले बाँकी रहेको केही सेन्टिमिरटर भाग खनेर सुरुङ्ग छिचोलिएको हो ।

डाइभर्सनको कमलामाई नगरपालिका–२ को कुसुमटारदेखि सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीसम्म १३ दशमलव ३ किलोमिटर लामो सुरुङ खनिएको छ ।

सुनकोशी नदीको पानी सुरुङ मार्फत ६७ क्यूमेस पानी कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ ।

सुरुङमा पानी पु¥याउन कानढुंग्रीस्थित सुनकोसी नदीमा ३० मिटर उचाइ र १५८ मिटर लम्बाइको बाँध निर्माण कार्य धमाधम भईरहेको छ ।

आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादन सँगै वाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर तराईका पाँच जिल्ला बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा १ लाख २२ हजार हेक्टर क्षेत्रमा वर्षैभरि सिँचाइ सुविधा पु¥याउने लक्ष्य छ ।

आयोजनाबाट ३१.०७ मेगावाट विद्युत् उत्पादन हुने सुनकोशी मरिण डाईसर्भन आयोजनाले जनाएको छ ।

सुरुङ निर्माणको अवधि दुई वर्षको भएपनि निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले १९ महिनामै सुरुङ खन्ने काम सम्पन्न गरेको छ ।

सुनकोशी मरिणमा सुरुङ खन्न मात्र कोभेकले १० अर्ब ५ करोड ६८ लाखमा ठेक्का लिएको हो । सुरुङको ब्रेक थ्रु पछि संम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सुनकोशी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजना रुपान्तरणकारी आयोजना भएाले यसले देशको राष्ट्रिय अर्थतन्त्र र उत्पादकत्व वृद्धि हुने योगदान पुग्ने बताउनुभयो ।

आयोजनाको सबै काम पुरा भई संचालनमा आएपछि तराईका १ लाख २२ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाई सुविधा पुगी कृषि र नागदेबालीको उत्पादन र उत्पादकत्व वृद्धि भई आत्मनिर्भर अर्थतन्त्रमा ठुलो योगदान पुग्ने प्रधानन्त्री प्रचण्डले विश्वास व्यक्त गर्नुभयो

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्