सिन्धुली, ६ मंसिर । सिन्धुलीको सुनकोशी गाउँपालिकाले बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
गाउँपालिकाले ४२ वटा विद्यालयको कक्षा १ देखि ५ सम्म पढ्ने झन्डै दुई हजार बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
चालु आर्थिक बर्ष विनियोजन भएको ९ लाख रुपैयाँ भन्दाबढी बजेटले खरिद गरेर शैक्षिक सामाग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
पालिकाको ४२ वटा विद्यालयको कक्षा १ मा पढ्ने ५ सय १५ जना बालबालिकालाई एक÷एक थान एलसिडी राईटिङ ट्याबलेट, कक्षा २ र ३ मा पढ्ने ६ सय ६५ जनालाई एक÷एक वटा स्कुल झोला, कक्षा ४ र ५ मा पढ्ने झन्डै ८ सय बालबालिकालाई ६÷६ थान कापी,पेन्सील, एक÷एक थान जोमेट्रिक्स बक्स वितरण गरिएको सुनकोशी गाउँपालिकाको महिला, बालबालिका शाखा प्रमुख गायत्री दाहालले जानकारी दिनुभयो ।
बालबालिकाहरुलाई पढाईमा हौसला बढाई पढाईमा सुधार ल्याउन पुरस्कार स्वरुप शैक्षिक सामाग्री वितरण गरिएको सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले बताउनुभयो ।