सिन्धुली, ३१ असार । सुनकोशी गाउँपालिका वडा नम्बर ३ को शिखरकटेरी देउराली लिफ्ट खानेपानी आयोजनाको प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन)ले उद्घाटन गर्नुभएको छ ।
खानेपानी धाराको उद्घाटन भएसँगै शिखरकटेरि देउरालिका ६० घर धुरीका स्थानिय खानेपानी सुविधाबाट लाभान्वित भएका छन् ।
खानेपानीको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य दाहालले एक घर एक धारा अभियानलाई निरन्तर्ता दिदै सुनकोशी गाउँपालिकाका प्रत्येक घरधुरीमा खानेपानी पु¥याईने बताउनुभयो ।
कुल ८१ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनामा सुनकोशी गाउँपालिकाले ४० प्रतिशत, नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को ६० प्रतिशत साझेदारी रहेको गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले बताउनुभयो ।
सुनकोशी नदी किनारमा ईनार बनाई त्यहाँबाट विजुली लिफ्ट प्रविधिबाट खानेपानी वितरण गरिएको सुनकोशी गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष चन्द्र बहादुर श्रेष्ठले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा सुनकोशी गाउँपालिका उपाध्यक्ष कपिल कुमार कोईराला, प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जी, विभिन्न राजनितिक दलका नेताहरु लगाएतको उपस्थिती रहेको थियो ।