सुनकोशीको रामटारमा कृषि हाटबजार सुरु

सिन्धुली प्रेस
  • ख-
  • ख+


सिन्धुली, २३ साउन । ग्रामीण भेगमा उत्पादन भएका कृषिजन्य वस्तुहरुको बजारीकरणको लागि सिन्धुलीको सुनकोशी गाउँपालिकामा आज देखि हाटबजार सुरु गरिएको छ ।

लिबर्ड रेरास र सुनकोशी गाउँपालिकाको समन्वयमा वडा नम्बर ५ को रामटारमा हाटबजार सुरु भएको हो । आज एक कार्यक्रमका बिच सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल,उपाध्यक्ष कपिल कुमार कोइरालाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हाटबजार प्रत्येक हप्ताको बुधवार लाग्ने छ ।

हाटबजारमा स्थानिय उत्पादित साग, कागती, काक्रा, चिचिन्डा, निगुरो, फर्सीको मुन्टा, स्कुसको मुन्टा, बोडी, राजमा, ड्राईगनफ्रुड, अनार, लत्ताकपडा, लगाएतका सामाग्रीहरु विक्रीको लागि राखिएको छ ।

हाटबजार उद्घाटन गर्दै सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले स्थानिय उत्पादित कृषिजन्य वस्तुहरुको सहज विक्री वितरणको लागि हाटबजार संचालनमा ल्याएको बताउनुभयो ।

हाटबजार सुरु भएपछि स्थानिय कृषकहरुलाई ठूलो राहत पुगेको नवराज दाहालले बताउनुभयो ।

हाटबजार उद्घाटन कार्यक्रममा सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जी, कार्यपालिका सदस्यहरु, वडाअध्यक्षहरु, विभिन्न राजनितिक दलका नेताहरु, विभिन्न संघसंघका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्