सुनकोशीका जनयुद्धका सहिदहरुको परिवारलाई भेटघाट तथा सम्मान

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, १८ फागुन । नेकपा (माओवादी केन्द)्र सुनकोशी गाउँपालिका समितिले जनयुद्धका सहिदहरुको परिवारलाई भेटघाट तथा सम्मान गरेको छ । आज सुनकोशी गाउँपालिका ६ सितलार्टी स्थित जनयुद्धका सहिद कुमार तोलाङ्गेको घरमा एक कार्यक्रमको आयोजना गरेर सहिदका परिवारहरुलाई सम्मान गरिएको हो ।

नेकपा (माओवादी केन्द)्र ले संचालन गरेको जनयुद्धकाक्रममा सुनकोशी गाउँपालिकाबाट मात्रै १६ जना सहिद भएका छन् । कार्यक्रममा उपस्थित भएका सहिदका परिवारहरुलाई प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन)ले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । सहिदहरुको स्मरण गर्न सहिदहरुले देखाएको बाटोमा पार्टी अगाडी बढ्छ भन्ने प्रतिबद्धता स्वरुप भेटघाट तथा सम्मान गरिएको पार्टीले जनाएको छ ।

नेकपा (माओवादी केन्द)्र सुनकोशी गाउँपालिका समितिका अध्यक्ष नेत्र रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य दाहालसँगै सुनकोशी गाउँपालिका इन्चार्ज तथा सहिद परिवारका सदस्य भेषराज दाहाल, सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहारा दाहाल लगाएत पार्टीको विभिन्न तहका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन माओवादी केन्द्र सुनकोशी गाउँपालिका समितिका उपाध्यक्ष चिरञ्जीवी दाहालले गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्