
सिन्धुली, मकवानपुर र उदयपुरका पुर्व जनमुक्ति सेनाहरू बिचकाे मैत्रीपूर्ण फुटबल प्रतियाेगिता आज देखि सुरू भएको छ । पुर्व जनमुक्ति सेना नेपाल सिन्धुलीको आयोजनामा भएकाे प्रतियोगिताकाे माओवादी केन्द्र सिन्धुलीका ईन्चार्ज बुद्धिमान माझीले उद्घाटन गर्नुभएको हाे ।
मरिण गाउँपालिका २ मुङ्ग्रे खेल मैदानमा भएको प्रतियाेगिताकाे पहिलो खेलमा पुर्व जनमुक्ति सेना नेपाल उदयपुरले मकवानपुरलाई ३-२ गाेलअन्तरले पराजित गरेकाे छ । दाेस्राे खेलमा पुर्व जनमुक्ति सेना नेपाल सिन्धुलीले उदयपुरलाई पराजित गरेकाे छ । सिन्धुलीले उदयपुरलाई ४-२ गाेलअन्तरले पराजित गरेकाे हाे ।
प्रतियोगिताकाे फाईनल खेल भाेली हुनेछ । सहिद सप्ताहकाे अवसरमा विगतकाे जनयुद्धका क्रमका साथीहरू बिचकाे सम्झना र सम्बन्धलाई ताजा बनाई राख्न प्रतियोगिता आयाेजना गरिएको हाे ।
पुर्व जनमुक्ति सेना नेपाल सिन्धुलीका अध्यक्ष पदम अस्थानी(शरण)काे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा माओवादी केन्द्र सिन्धुलीका संयाेजक पानिराज बम्जन, बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी, मातृका भट्टराई लगाएको उपस्थिति रहेकाे थियाे ।