सिन्धुली बोलेरो दुर्घटना ः मृत्यु हुनेको संख्या तीन पुग्यो ।

बुद्ध नेपाली
  • ख-
  • ख+

सिन्धुली, ३१ साउन । सिन्धुलीमा बिहीवार भएको बोलेरो दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा परी गम्भिर घाईते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

गालेन्जोर गाउँपालिका –६ नाकाजोलीका ३५ बर्षका पवन मस्राङ्गीको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक केशव कुमार कटुवालले जानकारी दिनुभयो ।

दुर्घटनामा नाकाजोलीका ४२ बर्षका पृथ्वी बहादुर भुजेल र सोही ठाउँकै ४५ बर्षका उदय मस्राङ्गी मगरको घटनास्थलमै मृत्युु भएको थियो । उदय गोलन्जोर गाउँपालिका –६ का निर्वाचित वडा सदस्य हुन् ।

गोलन्जोर गाउँपालिका ६ नाकाजोलीबाट सिन्धुलीमाडी आउदै गरेको बा २० च ८२८३ नम्बरको डबलक्याप बोलेरो विपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका –२ चियाबारी नजिकै घुम्तीमा आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा ११ जना घाईते भएका छन् ।

घाईते मध्ये चार जना नाकाजोलीकै २२ बर्षका उदय लुङ्गेली मगर, १७ बर्षका मेनुका मगर, ३७ बर्षका हिमाल परियार र ३२ बर्षका टिका जंग राई (हायु)लाई थप उपचारको लागि धुलिखेल पठाईएको छ ।

नाकाजोलीकै १८ बर्षका जिना श्रेष्ठ, ४७ बर्षका धनमाया वाईबा, २४ बर्षका लिला मगर, २२ बर्षका समिना मगर, १९ बर्षका बन्दना कोईराला, ५६ बर्षका राजन प्रसाद कोईराला र कमलामाई नगरपालिका – ५ का ७८ बर्षका डम्मर कुमारी कार्कीको सिन्धुली अस्पतालमा उपचार भईरहेको प्रहरी निरिक्षक कटुवालले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्