सिन्धुली उद्योग वाणिज्य संघले विपन्न नागरिक उपचार कोष संचालन गर्ने

सिन्धुली प्रेस
  • ख-
  • ख+

बुद्ध नेपाली
सिन्धुली, २४ जेठ ।

सिन्धुली उद्योग वाणिज्य संघले विपन्न नागरिक उपचार कोष स्थापना गर्ने भएको छ ।
संघको ५७ औं स्थापना दिवसकोअवसरमा आज आयोजित एक कार्यक्रममा विपन्न नागरिक उपचार कोष स्थापना गर्ने घोषणा गरिएको हो । विपन्न तथा बेबारिसे नागरिकहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने उदेश्यले विपन्न नागरिक उपचार कोष संचालन गर्न थालिएको संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताउनुभयो ।
कोष स्थापना गर्ने घोषणा गर्दै संघका अध्यक्ष श्रेष्ठले आर्थिक अभावकै कारण कुनै पनि नागरिक स्वास्थ्य उपचारबाट बन्चित हुन नदिन कोषमा आफुँले सकेको सहयोग गर्न जिल्लाबासीलाई अपिल समेत गर्नुभयो ।

कोष संचालन गर्ने घोषणा भएको पहिलो दिन नै प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन) सहित एक दर्जन बढीले रकम सहयोग गर्ने घोषणा गरेका छन् ।
विपन्न नागरिक उपचार कोषमा आज मात्रै ३ लाख ९६ हजार ६७१ रुपैयाँ सहयोग घोषणा भएको सिन्धुली उद्योग बाणिज्य संघका महासचिव बासु भेटवालले बताउनुभयो ।
प्रतिनिधी सभा सदस्य दाहालले ५१ हजार रुपैयाँ, स्वर्गिय मिन बहादुर श्रेष्ठको स्मृतिमा उहाँको परिवारबाट एक लाख एक हजार, स्वर्गिय पूर्व सह–कोषाध्यक्ष किरण कुमार श्रेष्ठको स्मृतिमा उहाँको परिवारबाट .१५ हजार ५०५, संघका सल्लाहकार अशोक राजभण्डारीबाट. ५ हजार रुपैयाँ सहयोगको घोषणा भएको छ ।
कमलामाई नगरपालिका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले २५ हजार ५५५, संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले ५० हजार रुपैयाँ, संघका बरिष्ठ उपाध्यक्ष देव नारायण श्रेष्ठले ५० हजार रुपैयाँ, संघका महासचिव बासु प्रसाद भेटवालले २५ हजार, संघका कोषाध्यक्ष विष्णु कुमार श्रेष्ठले २५ हजार, संघका आजिवन कार्यसमिति सदस्य दिगम्बर चौधरीले ११ हजार १११ रुपैयाँ घोषणा गर्नुभएको छ ।
सिन्धुली अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष सतिस ढकालले १० हजार, पत्रकार द्धारिका काफ्लेले २ हजार ५ सय र पूर्व कार्यसमिति महिला सचिव विमला कुमारी काफ्लेले २५ हजार रुपैयाँ कोषलाई सहयोग गर्ने घोषणा गर्नुभएको सिन्धुली उद्योग वाणिज्य संघले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलले कोषलाई पारदर्शी रुपमा संचालन गरेर विपन्न तथा बेवारिसे नागरिकको स्वास्थ्य उपचारमा अनुकरणीय काम गर्न संघलाई आग्रह गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्