सिन्धुली उद्योग बाणिज्य संघ मरिण शाखाको अध्यक्षमा पुन बम्जन चयन

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, १९ पुष । सिन्धुली उद्योग बाणिज्य संघ मरिण शाखाको अध्यक्षमा पुन चिनध्वज बम्जन चयन हुनुभएको छ ।

शाखाको आज भएको दोस्रो अधिवेशनले सर्वसम्मतीमा अध्यक्षमा बम्जनलाई चयन गरेको हो ।

११ सदस्य नयाँ समितिको उद्योग उपाध्यक्षमा भगवान माझी, बाणिज्य उपाध्यक्षमा दिपक प्रसाद मैनाली, सचिवमा बेनुप राज उप्रेती, कोषाध्यक्षमा नरेन्द्र कुमार कमचार्य र सहसचिवमा अनु खड्का सर्वसम्मतीले चयन हुनुभएको छ ।

मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान(प्रख्यात)ले उद्घाटन गर्नुभएको शाखाको दोस्रो अधिवेशनमा सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ सहित अन्य पदाधिकारीहरु, नेकपा माओवादी केन्द्र मरिण गाउँकमिटिका अध्यक्ष काजीमान थिङ लगाएत स्थानिय व्यापारी व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्