सिन्धुली उद्योग बाणिज्य संघको निर्वाचन सुरु

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, २७ फागुन । सिन्धुली उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनको लागि आज निर्वाचन हुदैछ ।

कमलामाई नगरपालिका ५ मधुटार स्थित बागवानी विकास केन्द्र कार्यालय प्राङ्गणमा भएको निर्वाचनमा विहान ८ बजे देखि साँझ ५ बजे सम्म मतदान हुनेछ ।

मतदानका लागि विहानै देखि मतदाताहरुको बाक्लो उपस्थिती देखिन्छ । कारागार कार्यालय सिन्धुलीका कारागार प्रशासक एवं निर्वाचन अधिकृत बालकृष्ण कटुवालका अनुसार सुरक्षा व्यवस्था सहित शान्तिपूर्ण रुपमा मतदान भईरहेको छ ।

निर्वाचनमा १ हजार १ सय ४७ जना मतदाता रहेको सिन्धुली उद्योग बाणिज्य संघले जनाएको छ । अहिले सम्म एक सय बढी मत खसि सकेको निर्वाचन अधिकृत कटुवालले जानकारी दिनुभयो ।

काग्रेस र नेकपा(माओवादी केन्द) को गठबन्धनबाट संयुक्त प्यानल सहित अध्यक्ष अर्जुन कुमार श्रेष्ठ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

अर्का अध्यक्षका उम्मेदवार राजकुमार श्रेष्ठ नेकपा एमाले र केही स्वतन्त्र उम्मेदवारको समर्थनमा चुनावी मैदानमा हुनुहुन्छ । दुवै अध्यक्षका उम्मेदवाले आफ्नो विजयी सुनिश्चित रहेको दाबी गर्छन ।

निर्वाचनमा अध्यक्ष सहित वरिष्ठ उपाध्यक्ष, वस्तुगत उपाध्यक्ष, महासचिव, उपमहासचिव, महिला सचिव र सदस्यहरुमा प्रतिस्पर्धा हुदैछ ।

वरिष्ठ उपाध्यक्षमा वीरवल चौधरी र देवनारायण श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा रामकुमार राजभण्डारी र विजय कुमार बस्नेत, महासचिवमा बासु प्रसाद भेटवाल र मेघ बहादुर कार्की, उपमहासचिवमा सोनी कुमारी झा, युवराज श्रेष्ठ र नेत्रजंग थापा चुनावी मैदानमा छन् ।

महिला सचिवमा सृजना श्रेष्ठ र रेजिना श्रेष्ठ, पाँच जना सदस्यहरुमा राम बहादुर विश्वकर्मा, रितेश श्रेष्ठ, संजय शाह, हिमेश श्रेष्ठ, राज कुमार श्रेष्ठ, रामचन्द्र पौडेलले प्रतिस्पर्धा गर्दैछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्