सिन्धुली, ३१ बैशाख । सिन्धुली अस्पतालमा तीन दिन निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ ।
सिन्धुली अस्पतालको समन्वय, हेल्पिङ्ग ह्याण्डस हेल्थ एजुकेशन इन्टरनेशनलको सहयोग, नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखा र ४२ वटा उपशाखाहरुको आयोजनामा हुने शिविर बैशाख २ गते देखि ४ गते सम्म संचालन हुनेछ ।
शिविरमा निःश्ल्क स्त्री तथा प्रस्ती रोग, दाँतको उपचार, नाक, कान, घाँटीको उपचार, आँखा उपचार र जनरल फिजिसियन सेवा दिईने रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठले जानकारी दिनुभयो ।
शिविरमा विहान ९ बजे देखि साँझ ५ बजे सम्म सिन्धुली अस्पतालमा बिरामीको चेकजाँच हुने सभापति श्रेष्ठले बताउनुभयो । शिविरको उद्घाटन बैशाख २ गते विहान साढे आठ बजे गरिने बताईएको छ ।
नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाले नियमित निःशुल्क मोतियाविन्दुको अपरेशन लगाएतका बेलाबेलामा थुप्रै कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।