
सिन्धुली, २१ कार्तिक । सिन्धुलीको मरिणमा जारी तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिताको उपाधी आयोजक नेपाल माझी उत्थान संघ सिन्धुलीले जितेको छ ।
आज भएको फाईनल खेलमा रामेछापलाई पराजित गर्दै सिन्धुलीले उपाधी हात पारेकोे हो । सिन्धुलीले रामेछापलाई ट्राईब्रेकरमा ७ – ६ गोलअन्तरले पराजित गरेको हो ।
निर्धारित खेल समयमा सिन्धुलीले रामेछापले दुई–दुई गोलको बराबरी खेलेपछि खेल ट्राईब्रेकरमा गएको हो ।
जितसँगै नेपाल माझी उत्थान संघ सिन्धुलीले २ लाख ६५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाण पत्र, प्राप्त गरेको छ ।
उपविजेतामा चित्त बुझाएको नेपाल माझी उत्थान संघ रामेछापले १ लाख ३२ हजार २ सय २२ रुपैयाँ नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
तेस्रो भएको नेपाल माझी उत्थान संघ सुनसरीले ६६ हजार ६ सय ६६ रुपैयाँ नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाण पत्र र सानत्वना स्थान जितेको नेपाल माझी उत्थान संघ सिन्धुपाल्चोकले २५ हजार रुपैयाँ नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
विजेता समुह र खेलाडीलाई आज आयोजित समापन कार्यक्रममा प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन)ले पुरस्कार वितरण गर्नुभएको छ ।
प्रतियोगितामा सिन्धुली सहित देशभरका २३ जिल्लाका नेपाल माझी उत्थान संघको सहभागीता रहेको थियो ।
प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, स्टाईगर, सर्वाधिक गोलकर्तालाई नगद १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ ।