सिन्धुलीमा मनसुनको जोखिमले सवारी साधन सञ्चालनमा थप ३० दिन प्रतिबन्ध

सिन्धुली प्रेस
  • ख-
  • ख+


सिन्धुली
सिन्धुली र आसपासका क्षेत्रमा मनसुनको निरन्तर सक्रियताका कारण बाढीपहिरोको जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सवारी साधन सञ्चालनमा लगाएको अस्थायी रोकको म्याद थप गरेको छ।
काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापको संयुक्त सुरक्षा बैठकको निर्णयअनुसार बिपी राजमार्ग ९सिन्धुली–खुर्कोटबाट–काठमाडौँ० खण्डमा गत असार ६ गते साँझ ६:३० बजेदेखि बिहान ५ बजे १५ दिन सम्म निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो। १५ दिन सम्म लगाइएको उक्त प्रतिबन्ध, मनसुन थप सक्रिय भएसँगै सावधानीका लागि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार वि । पि राज मार्ग हुँदै काठमाडौँतर्फ जाने सवारी साधनहरूलाई असार २० गते राति ८:३० बजेदेखि बिहान ५:०० बजेसम्म थप ३० दिन सञ्चालनमा पूर्ण रूपमा निषेध गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले यात्रुहरूलाई सुरक्षित यात्राका लागि वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ र यसबाट यात्रुहरूमा पर्न गएको असुविधाप्रति जिल्ला सुरक्षा समिति, सिन्धुलीले क्षमा प्रकट गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्