
कविराज वाईवा
सिन्धुली असार १४
२०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) मा सिन्धुलीबाट करिब ४ हजार विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय–कक्षा १० ले हिजो सार्वजनिक गरेको नतिजा अनुसार सिन्धुलीबाट ३ हजार ७ सय २६ जना अर्थात ७५ दशमलव ३८ प्रतिशत विद्यार्थी एसईई उर्तीण भएका हुन।

बोर्डका अनुसार साधारण धारतर्फ नियमित विद्यार्थी ३ हजार ५ सय ५६ जना, प्राविधिक धारतर्फ १ सय ७० जना विद्यार्थी उर्तीण भएका छन । नन ग्रेडेड १ हजार २ सय १७ जना रहेका छन । नन ग्रेडेड आउने विद्यार्थीले पुन परिक्षा दिन पाउने छन । सिन्धुलीबाट एसईईमा कुल ४ हजार ९ सय ४३ जना विद्यार्थीले सहभागीता जनाएका थिए ।