
सिन्धुलीको मरिण गाउँपालिकालाई शनिबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ ।
गाउँपालिका खोप समन्वय समितिका संयोजक तथा मरिण गाउँपालिका अध्यक्ष विर्मश मुक्तान (प्रख्यात)को अध्यक्षतामा आयोजित एक कार्यक्रम बिच गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
मरिण गाउँपालिकाका जन्मे देखि ५९ महिना सम्मका १ हजार ८ सय ६२ जना बालबालिकालाई पूर्ण खोप लगाए पछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
कार्यक्रममा उपाध्यक्ष बिमला माझी, जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख बिमल पटेल, वडाध्यक्षहरू, प्रहरी प्रमुख, महिला सञ्जाल, स्वास्थ्य शाखा अन्तर्गतका सम्पूर्ण स्वास्थ्यकर्मीहरू, राजनितिक दलका पदाधिकारीहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरू, पत्रकारहरु लगाएतको उपस्थिति रहेको थियो ।