
सिन्धुलीको मरिण गाउँपालिका वडा नं ६ बेसेरीमा आइतबार बत्ती बालि उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष विमर्श मुक्तानको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य माननीय लेखनाथ दाहाल राजन को प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।
वडा नं ६ को सबै जसो ठाउँमा विद्युत् जडान गरिसकेको छ । वसेरीमा ३१ घरधुरी रहेको छ । ३१ घरधुरी मध्ये २ घरदुरीमा मिटर बक्स जडान गर्न बाँकी रहेको वडा अध्यक्ष हर्क बिर माझीले बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै दाहालले पहिला देखि नै यस ठाउँमा विद्युत् जडान गर्नका लागि प्राथमिकता दिँदै आएको बताउनुभयो । गाउँपालिका आवत जावत गर्न कठिन रहेको हुँदा सडक निर्माण, कमौटी र लहरेको बीचमा रहेको खोलाले गर्दा बर्खामा हिँडडुल गर्न समस्या परेको हुँदा पुल निर्माणको लागि पहल गर्ने साथै बेसरी, लहरे, कपिलकोट साथै अन्य ठाउँमा टेलिफोन टावरको आवश्यकतालाई पूरा गर्न कपिलाकोटको कार्कीडाँडामा नेपाल टेलिकमको टावर निर्माण गर्न समन्वय भइसकेको र छिटो काम सम्पन्न गर्न प्राधिकरणलाई फोन गरी आग्रह गर्नु भएको छ ।
जनताको लागि निरन्तर रूपमा काम गरिरहने साथै उज्यालो वडा घोषणा गर्ने तयारी रहेको पालिका अध्यक्ष मुक्तानले बताउनु भयो ।कार्यक्रममा पालिका अध्यक्ष विमर्श मुक्तान, प्रतिनिधि सभा सदस्य माननीय लेखनाथ दाहाल राजन, वडा नं. ६ का अध्यक्ष हर्क बिर माझी, कार्यपालिका सदस्यहरु, स्थानियहरु लगाएतको उपस्थिति रहेको थियो।