सिन्धुलीको मरिण गाउँपालिकामा तामाङ भाषामा हाजिरी जवाफ प्रतियोगिता

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, १९ माघ । सिन्धुलीको मरिण गाउँपालिकामा तामाङ भाषामा माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल तामाङ घेदुङ मरिण गाउँपालिका समितिको आयोजनामा भएको प्रतियोगितामा माध्यमिक विद्यालय कपिलाकोटबाट सहभागी समुह प्रथम, माध्यमिक विद्यालय खयरसालबाट सहभागी समुह दोस्रो, माध्यमिक विद्यालय कात्तिकेबाट सहभागी समुह तेस्रो र माध्यमिक विद्यालय बरुणबाट सहभागी समुह सानत्वना स्थान जित्न सफल भएका छन् ।

प्रतियोगिताका विजेताहरुले क्रमश १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार, प्रमाणपत्र हात पारेका छन् । प्रतियोगितामा तामाङ भाषा प्रश्न सोधिएको थियो भने सहभागीहरुले उत्तर पनि तामाङ भाषामा दिएका छन् ।

तामाङ भाषाको जगेर्ना गर्नको लागि प्रतियोगिताको आयोजना गरिएको नेपाल तामाङ घेदुङ मरिण गाउँपालिका समितिका अध्यक्ष मोतिलाल गोलेले जानकारी दिनुभयो ।

विजेताहरुलाई आगामी माघ २६ गते हुने ल्होछार शुभकामना आदानप्रदान कार्यक्रममा पुरस्कार दिईने बताईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्