सिन्धुलीको मरिण गाउँपालिका वडा नं. ५ मा नापी नक्सा कार्यक्रम शुभारम्भ(भिडियो सहित)

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुलीको मरिण गाउँपालिका वडा नं. ५ मा नापी नक्सा कार्यक्रम शुभारम्भ भएको छ । भूमिहिन दलित, भूमिहिन सुकुम्बासि अव्यबस्थित बसोवासीहरुलाई व्यवस्थित बनाउने उद्देश्यले आजदेखि नापी कार्यको काम सुरु भएको हो । मरिण गाउँंपालिकाको आयोजना, मरिण गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष दिपक माझीको अध्यक्षता, मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान(प्रख्यात)को प्रमुख आतिथ्यता, राष्टिय भूमि आयोग जिल्ला समिति सिन्धसलीका अध्यक्ष बाबुराम राइ, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीको बिशिष्ठ आतिथ्यतामा कार्यक्रमको शुभारम्भ गरिएको हो ।

कार्यक्रममा बोल्दै मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात)ले मरिण गाउँपालिका वडा नं. ५ बासीले छिट्टै नापी गरेर भूमिहिनहरुलाई जग्गाधनी पुर्जा(लालपुर्जा) उपलब्ध गराइने बताउनुभयो । ३५ सालदेखी नापी गर्न नसकिरहेको जमिनहरु औपचारिक रुपमा नापी गर्ने कुरा चानचुने कुरा नभएको बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले मरिण गाउँपालिकाका भूमिहिन दलित, भूमिहिन सुकुम्बासि अव्यबस्थित बसोवासीहरुलाइ जग्गा धनी पुर्जा लालपुर्जा प्रदान गर्ने शिलशिलामा र मरिण गाउँकार्य पालिकाले गर्नुपर्ने हरेक कुरामा सधै आफुले सहयोग गर्ने कुरामा आफु सधै प्रतिबद्ध रहेको बताउनुभयो ।

मरिण गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष दिपक माझीले हाम्रा नापीका टिम सबै तमतयारी अबस्थामा छन अब छिटो भन्दा छिटो भूमिहिन दलित, भूमिहिन सुकुम्बासि अव्यबस्थित बसोवासीहरुलाइ जग्गा धनी पुर्जा लालपुर्जा पाउने वडा अध्यक्ष माझीको भनाई छ । उहाँले जग्गा नापी गर्देगर्दा बिभिन्न चुनौतीहरु आउन सक्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा मरिण गाउँपालिका अध्यक्ष बिमर्श मुक्तान (प्रख्यात), वडा नं. ५ का वडा अध्यक्ष दिपक माझी, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिन्धुलीका अध्यक्ष बाबुराम राई, नापी कार्यालय सिन्धुलीका प्रमुख सरोज बहादुर श्रेष्ठ, राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिन्धसलीका सदस्य इन्दिरा निरौला, ७ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, समाजसेवी, बुद्धिजीबि, राजनीतिज्ञ, वडावासी लगायतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?