
सिन्धुली, १ असोज । सिन्धुलीमा आगोमा परी एक जना नाबालकको मृत्यु भएको छ।
सोमबार मरिण गाउँपालिका–३ बरूण बस्ने दुधराज मुक्तानका ३ वर्षीय छोरा मनिष मुक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए।
बालकलाई भान्सामा झुलुंगेमा राखेर अरू खेतमा गएका थिए।
त्यसबेला झुलुंगेबाट खसेर चुलोमा बलेको आगोमा परी बालकको मृत्यु भएको डिएसपी दाहालले बताए। बालकको पिठ्यु, टाउको पछाडिको भाग र कोखा पेट समेत जलेको थियो।
घर परिवारले फेला पारेपछि इलाका प्रहरी कार्यालय कपिलाकोट सिन्धुलीबाट खटिएको टोलीले अनुसन्धान गरिरहेको छ। शव पोष्टमर्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा राखिएको छ।