
सिन्धुली, २९ पुष । सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा सोमवार (आज) ४१ तोला बढी अबैध काँचो सुन सहित एक जना पक्राउ परेका छन् ।
भिमान चेकपोष्टमा चेकजाँच गर्नेक्रममा बर्दिवासबाट काठमाण्डौंतर्फ आउँदै गरेको बा ४ ख ५५४० नंम्बरको फोर्स गाडीबाट ४१ दशमलब ३५ तोला काँचो सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
फोर्स गाडीमा सवार पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा न. ८, जगतपुरका ४८ बर्षका बिक्रम साहको कालो रंगको झोला भित्र कपडाले बेरिएको अवस्थामा बिल बिजक नभएको ४१ दशमलब ३५ तोला काँचो सुन सहित विभिन्न गरगहना बरामद गरिएको सिन्धुलीका प्रहरी नायब उपरिक्षक अनिल खड्काले जानकारी दिनुभयो ।
बरामद भएको सुनको मुल्य ६४ लाख ६१ हजार ९ सय ८२ रुपैयाँ रहेको प्रहरी नायब उपरिक्षक खड्काले बताउनुभयो । शाहको साथबाट औठी त्रीहत्तर थान, मंगलसुत्र पाँच थान, झुम्का÷टप छ थान, बाला एक थान, नेकलेस एक थान, हिरा जस्तो देखिने सेतो टल्कने पत्थर कागजको सानो सानो पोकामा बाह्र थान, ख्क्ष्ख्इ मोवाईल एक थान र १९ हजार नगद समेत बरामद गरिएको प्रहरी नायब उपरिक्षक खड्काले बताउनुभयो ।
विशेष सुचनाको आधारमा उक्त सामानहरु बरामद भएको हो । शाहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक खड्काको भनाई छ ।