सिन्धु्ली, १२ असोज । सिन्धुलीको सुनकोशी गाउँपालिका १ दुम्जामा रहेको आदिलिङ्ग कुशेश्वर महादेव मन्दिरमा संचालित गुरुकुलका शिक्षक र विद्यार्थीलाई उद्धार गरिएको छ ।
बिहीवार राती देखि परेको बर्षाका कारण रोशी खोला र सुनकोशी नदीमा आएको भिषण बाढीमा फसेका गुरुकुलका ३३ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
मन्दिरको पछाडिबाट बगेको सुनकोशी नदी र अगाडि बगेको रोशी खोलामा आएको बाढीले गुरुकुलका शिक्षक र विद्यार्थी फसेका थिए ।
हिजो देखि उद्धारको लागि प्रयास भएपनि सम्भव नभएपछि सेनाको हेलिकप्टर बोलाएर उद्धार गरिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माले जानकारी दिनुभयो ।