
सिन्धुलीको कमलामाई नगरपालिकामा भोलि सम्पुर्ण सेवा प्रवाह बन्द हुने भएको छ । कमलामाई नगरपालिकाको २८ औँ स्थापना दिवसको अवसरमा कार्यालयको सबै सेवाहरु बन्द हुने भएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले सुचना निकालेर नगर कार्यपालिकाको कार्यालय, मातहतका सम्पुर्ण कार्यालय र सामुदायिक विद्यालयहरुको नियमित कामकाज बन्द रहने जानकारी गराउनुभएको छ । आकस्मिक सेवा भने सुचारु रहने नगरपालिकाले निकालेको सुचनामा उल्लेख छ ।
वि.सं. २०५३ चैत्र १४ गते स्थापना भएको कमलामाई नगरपालिकाले भोली एक समारोहका बिच २८ औँ स्थापना दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ ।