सिन्धुलीका ४ जना विद्या भूषण ‘क’ बाट विभूषित, शिक्षक थिङ राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत

बुद्ध नेपाली
  • ख-
  • ख+

सिन्धुली, २ असोज । सरकारले राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा क्षेत्रमा योगदान पु¥याउने सिन्धुलीका ४ जनालाई विद्या भूषण ‘क’ बाट विभूषित गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मङ्गलवार विभूषित हुनेहरूको नामावली प्रकाशन गरी विभूषित गरेको जानकारी दिएको हो ।

सिन्धुली जिल्लाबाट विभूषित हुनेहरूमा नेपाल विद्या भूषण ’क’ तर्फ हरि प्रसाद पोखरेल, चेतनाथ पन्त, मुकुन्द प्रसाद काफ्ले र दुर्गा प्रसाद बराल रहनुभएको छ ।

हरि प्रसाद पोखरेलले वि.सं. २०७४ सालमा नेपाल सस्कृत विश्वविद्यालयबाट शिक्षा विषयमा विधावारिधि गर्नुभएको थियो ।

चेतनाथ पन्तले वि.सं. २०७९ सालमा काठमाडौं विश्वविद्यालयबाट शिक्षा विषयमा , मुकुन्द प्रसाद काफ्लेले वि.सं. २०७३ सालमा त्रिुभवन नेफ्रोलोजी विषयमा चिकित्साशास्त्र विधावारिधि र दुर्गा प्रसाद बरालले वि.सं. २०७९ सालमा काठमाडौं विश्वविद्यालयबाट शिक्षा विषयमा विधावारिधि गर्नुभएको थियो ।

त्यस्तै सिन्धुलीका दुई जना राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । बागमती प्रदेशको सामुदायिक विद्यालयको शिक्षक तर्फ घ्याङलेख गाउँपालिका २ मा रहेको माध्यमिक विद्यालय मरिण हायूटारका प्रधानाध्यापक विजय कुमार थिङ राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

बागमती प्रदेशको प्रारम्भिक बालविकास तथा शिक्षा सहजकर्ता तर्फ गोलन्जोर गाउँपालिका १ मा रहेको कामदा मावि डुँडभञ्याङका बालविकास सहजकर्ता दुर्गा अधिकारी राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

सिन्धुलीका दुई जना छात्रा नेपाल छात्रा विद्यापदक ‘ख’ बाट विभूषित हुनुभएको छ ।

वि.सं. २०७९ सालमा राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १२ मा उच्चतम ग्रेड प्वाइन्ट प्राप्त गरी छात्रा तर्फ प्रथम हुनुभएकी प्रशंसा सुवेदी र वि.सं. २०७७ सालमा राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १२ मा उच्चतम ग्रेड प्वाइन्ट प्राप्त गरी छात्रा तर्फ प्रथम हुनुभएकी सुनिता श्रेष्ठ नेपाल छात्रा विद्यापदक ‘ख’ बाट विभूषित हुनुभएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?