सात महिनामा सिन्धुलीबाट अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवासमा ९३ उजुरी

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, ४ फाल्गुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा सिन्धुलीबाट ९३ उजुरी परेका छन् ।
चालु आर्थिक बर्ष २०८०÷०८१ को साउन देखि माघ मसान्त सम्मको सात महिनाको अवधीमा ९३ ओटा उजुरी परेको हो ।

उजुरी परेका मध्ये ४० ओटा उजुरी फस्र्छोट भएको, ५३ ओटा उजुरीको बिषयमा अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले आज शुक्रवार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको मावि महेन्द्रझ्याडीमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन विद्यार्थीहरु र विद्यालयको भुमिका विषयमा अन्तरक्रिया गरेको छ ।

सोही अन्तरक्रिया कार्यक्रममा आयोगमा सिन्धुलीबाट परेका उजुरीहरुका बारेमा जानकारी गराइएको हो । त्यस्तै जिल्लाको नौ स्थानिय तह मध्ये कमलामाई नगरपालिबाट सबैभन्दा बढी उजुरी परेको छ भने सबै भन्दा कम उजुरी सुनकोशी गाउँपालिकाबाट परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका इन्जिनियर सुलभ सिग्देलले बताउनुभयो ।

कमलामाई नगरपालिकाबाट परेको १७ उजुरी मध्ये ११ वटाको फस्र्छौट भएको र ६ वटा अनुसन्धानको क्रममा रहेको इन्जिनियर सिग्देलले बताउनुभयो ।

उजुरी पर्नेमा दोस्रो स्थानमा रहेको गोलन्जोर गाउँपालिकाको ११ उजुरी मध्ये ४ को फस्र्छौट, ७ को अनुसन्धान भईरहेको, घ्याङलेख गाउँपालिकाको १० उजुरी मध्ये २ उजुरी फस्र्छौट, ८ उजुरीको अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ ।


तीनपाटन गाउँपालिकाको १० उजुरी मध्ये ४ को फस्र्यौट, ६ वटाको अनुसन्धान भईरहेको, फिक्कल गाउँपालिकाको ८ उजुरी मध्ये २ फस्र्छौट, ६ अनुसन्धान भइरहेको, मरिण गाउँपालिकाको ८ उजुरी मध्ये ६ को फस्र्छौट, २ अनुसन्धान भईरहेको र हरिहरपुरगढी गाउँपालिकाको ७ उजुरी मध्ये २ फस्र्छौट, ५ को अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्