समय पाठशालाद्धारा दशै विशेष शुभकामना आदनप्रदान कार्यक्रम सहित सहयोग हस्तान्तरण ।

सिन्धुली प्रेस
  • ख-
  • ख+

विजयादशमी २०८० को पहिलो दिन घटस्थापनाको अवसरमा समय पाठशाला सिन्धुलीमा दशै विशेष कार्यक्रम सम्पन्न भएको छ ।

उक्त अवसरमा दशै पर्वसंग सम्बन्धित विभिन्न क्रियाकलापमा विद्यार्थीहरुको सहभागीता रहेको थियो । साना विद्यार्थीहरुले जमरा राख्ने क्रियाकलाप बाट शुरु कार्यक्रममा बाँसबाट बनेको नमुना पिङको अनुभव संगै विविधतायुक्त समाजलाई प्रतिविम्वित गर्न सांस्कृतिक भेषभुषासहितको प्रस्तुती, टिका जमरा सहित विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुले शुभकामना आदनप्रदान गरेका थिए ।

समाजमा परम्परादेखी चलिआएको चाडपर्व तथा रितिरिवाज का बारेमा शैद्धान्तिक रुपमा मात्र नभई व्यावहारिक रुपमा विद्यार्थीहरुलाई प्रत्यक्ष सहभागी गराई ती विषयहरुको अनुभव गराउदा प्रभावकारी सिकाइ हुने हुदाँ यस्ता कार्यक्रमहरु विद्यार्थीहरुका लागि उपलव्धीमुलक हुने विद्यालयले जनाएको छ ।


कार्यक्रममा विद्यालयको बाल क्लव, शिक्षक शिक्षिका तथा सम्पुर्ण विद्यालय परिवारको तर्फबाट गत बाल दिवसका अवसरमा संकलित एकमुष्ट पच्चिस हजार पाँच सय पच्चिस रुपैयाँको सहयोग रकम नेपाल रेडक्रस सोसाईटी सिन्धुुली शाखाद्धारा जिल्लामा ब्लड बैंक स्थापनार्थ संचालित अभियानलाई सहयोगका लागि विद्यालयका संस्थापक प्रिन्सीपल सोनाम बज्युले रेडक्रस सिन्धुली शाखाका अध्यक्ष अशोक श्रेष्ठ तथा प्रबन्धक पवन पाख्रिनलाइ हस्तान्तरण गर्नुभएको थियो ।

यस किसिमका सहयोगले विद्यार्थीहरुमा सानै देखी आफ्नो सामाजिक दायित्वका बारेमा बुझ्ने र महसुस गर्ने अवसर मिल्ने विद्यालयमा सहयोग संकलनको संयोजन गर्नुहुने भाइस प्रिन्सिपल डिलेन्द्र बज्युले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्