सबै जातिजातिको भाषा, धर्म, सँस्कृतिको संरक्षण गर्नुपर्छ ः अध्यक्ष विमर्श मुक्तान

सिन्धुली प्रेस
  • ख-
  • ख+

रातमाटा(मरिण) सिन्धुली, २५ पुष । सिन्धुलीको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात) ले पालिकाका सबै जातजातिहरुको भाषा, धर्म, सँस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

आज नेपाल मगर संघ मरिण गाउँ समितिले आयोजना गरेको माघे संक्रान्तिको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले स्थानिय तहको निर्वाचनबाट गाउँपालिकामा सबै जातजातिको प्रतिनिधित्व हुने गरी जनप्रतिनिधिहरु निर्वाचित भएकाले सबै जातजातिहरुको भाषा, धर्म, सँस्कृतिको संरक्षणमा हातेमालो गरेर अगाडि बढ्ने अवसर भएको बताउनुभयो ।

उहाँले गाउँपालिकामै बहुल्यता रहेको तामाङ, माझी, मगर, नेवार, बाहुन, क्षेत्री, दलित लगाएत सबै जातजातीहरुको विकासमा गाउँपालिकाले समान रुपमा हर्ने बताउनुभयो ।

उहाँले मरिण गाउँपालिका वडा नं. १ र २ मा मगर समुदायको बसोबास धेरै रहेकाले यी दुई वडामा अर्को बर्ष एक एक वटा मन्दिर निर्माणको लागि बजेट उपलब्ध गराउने बताउनुभयो ।

नेपाल मगर संघ बागमती प्रदेशका प्रथम सचिव उर्मिला पुलामी मगरले मगरहरुलाई फुटाएर अरुलाई फाइदा पुग्ने गतिविधिमा लाग्ने मगर व्यक्तिहरुबाट सचेत हुनुपर्ने बताउनुभयो ।

कार्यक्रम वडा नं. १ खलंगाका मगर समुदायहरुले मारुनी नाच देखिएका छन् भने स्थानिय मगर कलाकारहरुले विभिन्न गितमा नाचहरु प्रस्तुत गरेका छन् ।

कार्यक्रममा नेपाल मगर संघ बागमती प्रदेशका प्रथम सचिव उर्मिला पुलामी , नेपाल मगर संघ सिन्धुलीका अध्यक्ष अम्बिका खुलाल मगर, नेपाली काग्रेस मरिणका सभापति राम बहादुर वाईवा, नेकपा माओवादी केन्द्र मरिणका इन्चार्ज पदम अस्थानी मगर, अध्यक्ष काजीमान थिङ, मरिण गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सात वटै वडाका मगर समुदायको उपस्थिती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्