संघ सरकारले समयमा बजेट नपठाउँदा हरिहरपुरगढीमा १५ सैया अस्पताल निर्माणमा समस्या

बुद्ध नेपाली
  • ख-
  • ख+

सिन्धुली, ५ पुष । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिको महत्वकाक्षी योजना १५ सैया अस्पतालको निर्माणमा ठेकेदार कम्पनीले लापरवाही गरेको छ ।

सम्झौताको १५ महिना पुगीसक्दा करिब २० प्रतिशत मात्रै निर्माणको काम पूरा भएको छ । १५ सैया अस्पतालको एक मुख्य भवन, एक चमेनागृह भवन, एक शव पोष्टम्याटम भवन निर्माणको जिम्मा सिनर्जी–राजदेवी भक्त आर.पी.जे.भी.चपुर रौतहटले लिएको छ ।

दुई बर्षमा अस्पताल निर्माण गरिसक्ने गरी वि.स. २०७९ असाजे ६ गते ठेकेदार कम्पनीले गाउँपालिकासँग सम्झौता गरेको थियो ।

काम सम्पन्न भएको बिलको भुक्तानीमा ढिलाई भएका कारण अस्पताल निर्माणको कार्यलाई गति दिन नसकिएको सिनर्जी–राजदेवी भक्त आर.पी.जे.भी.चपुर रौतहटका संचालक राम प्रसाद पटेलले बताउनुभयो ।

कुल २१ करोड ८१ लाख ९० हजार ९४४ रुपैयाँ लागतमा निर्माणको लागि सम्झौता गरेको ठेकेदार कम्पनीले अहिले सम्म ३ करोड ८५ लाख ९१ हजार ६७१ रुपैयाँ लगिसकेको गाउँपालिकाका लेखा सहायक शिवराज रेग्मीले जानकारी दिनुभयो ।

संघिय सरकारबाट आउनुपर्ने बजेट समयमा नआउँदा ठेकेदारलाई भुक्तानी गर्न ढिलाई भएको लेखा सहायक रेग्मीको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्