
सिन्धुली, २४ चैत । सिन्धुलीको मरिण गाउँपालिकामा आज देखि शिक्षकहरुको लागि सुचना प्रविधि सम्बन्धि क्षमता विकास तालिम सुरु भएको छ ।
मरिण गाउँपालिकाको बार्षिक निति तथा कार्यक्रम अनुसार आधारभुत तथा माध्यमिक तहमा सुचना प्रविधि बिषय पढाउने शिक्षकहरुको पेशागत क्षमता विकासको लागि तालिम सुरु भएको हो ।
४ दिन सम्म संचालन हुने तालिममा मरिण गाउँपालिकाभित्रका २१ जना शिक्षकहरुको सहभागिता रहेको छ ।
शिक्षण सिकाई क्रियाकलापलाई आधुनिक प्रविधिमा रुपान्तरण गर्ने सिपको विकास गर्न, मनोरञ्जनात्मक वातावरणमा शिक्षण सिकाई संचालनमा सहजीकरण गर्न शिक्षकहरुलाई सुचना प्रविधि सम्बन्धि तालिम दिइएको मरिण गाउँपालिकाको शिक्षा शाखा प्रमुख नवराज बरालले जानकारी दिनुभयो ।
तालिमले विषयगत शिक्षक विद्यालय नआएका बेला पनि विद्यार्थीहरुलाई शिक्षण सिकाइमा सहजै प्रेरित गर्न र विद्यालयको प्रशासनिक गतिविधिलाई सहज बनाउन मद्धत पुग्ने शाखा प्रमुख बरालको भनाई छ ।
तालिमको उद्घाटन गर्दै मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले तालिममा सिकेका सिपलाई विद्यालयमा प्रयोग गरी शैक्षिक गुणस्तर सुधारमा मद्धत गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो ।
उद्घाटन कार्यक्रममा मरिण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जीले तालिम पछि मरिण क्षेत्रभित्रका विद्यालयहरु सुचना प्रविधिमा थप अब्बल हुने विश्वास व्यक्त गर्नुभयो ।