विपन्न ५० घर परिवारलाई निःशुल्क विद्युत मिटर वितरण

सिन्धुली प्रेस
  • ख-
  • ख+

बुद्ध नेपाली
सिन्धुली, १२ चैत । मरिण गाउँपालिका वडा नम्बर ५ विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर वितरण गरिएको छ । गाउँपालिकाले वडा नम्बर ५ का विपन्न ५० घरपरिवारलाई निःशुल्क विद्युत मिटर वितरण गरेको हो ।

आर्थिक अभावले आफ्नो नाममा विद्युत मिटर खरिद गरेर प्रयोग गर्न नसक्ने वडाका विपन्न परिवारलाई आज आयोजित एक कार्यक्रमका बिच प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन)ले विद्युत मिटर वितरण गर्नुभएको हो ।

आज मिटर पाएका विपन्न परिवारले आफैले मिटर किन्न नसकेर छिमेकीको घरबाट तार जोडेर ल्याएर विद्युत प्रयोग गर्दै आएका थिए । ५० घरधुरीलाई विद्युत मिटर वितरण गरेसँगै वडा नम्बर ५ को सबै घरधुरीमा राष्ट्रिय प्रशारण लाईनको विद्युत पुगेको छ ।

वडाको ६ सय ५८ घरधुरीमा विद्युत पुगेपछि आज नै वडालाई उज्यालो वडा घोषणा गरिएको छ । प्रतिनिधिसभा सदस्य दाहालले नै वडालाई उज्यालो वडा घोषणा गर्नुभएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?