वडा कार्यालय भवन उद्घाटन

सिन्धुली प्रेस
  • ख-
  • ख+

बुद्ध नेपाली
सिन्धुली ।
सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ५ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । साढे दुई तलाको वडा कार्यालय भवनको आज मंगलवार आयोजित कार्यक्रमका बिच प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन)ले उद्घाटन गर्नुभएको हो ।

कुल ८९ लाख ४९ हजार ४३९ रुपैयाँ लागतमा वडा कार्यालय भवन निर्माण सम्पन्न गर्ने गरी एल.एस. कन्ट्रक्सन, मन्थली रामेछापले ठेक्का लिएको थियो । भवन उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य दाहालले नयाँ सुविधा सम्पन्न भवनबाट नागरिकलाई निस्वास्र्थ, निसर्त प्रभावकारी सेवा प्रवाह गर्न वडाका जनप्रतिनिधि र कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज बुद्धिमान माझीले नवनिर्मित वडा कार्यालयबाट नागरिकको मुहारमा खुसी छाउने गरी सेवा दिन आग्रह गर्नुभयो । मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान(प्रख्यात)ले गाउँपालिकाको हाल सम्म ५ वटा वडा कार्यालयहरुको सुविधा सम्पन्न भवन निर्माण भइसकेको बताउनुभयो ।

उहाँले वडा नम्बर १ मा वडा कार्यालय भवन निर्माण भईरहेको जानकारी गराउनुभयो । वडा नम्बर ६ को भवन निर्माणको लागि जग्गा खोजी भईरहेको पनि बताउनुभयो ।

भवन उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य तुल बहादुर माझी, प्रजिअ लीला प्रसाद शर्मा, प्रहरी उपरिक्षक गोविन्दराज काफ्ले,माओवादी केन्द्र मरिण गाउँकमिटिका इन्चार्ज पदम अस्तानी, अध्यक्ष काजीमान थिङ, मरिण गाउँपालिकाको विभिन्न वडाका वडाअध्यक्षहरु, नेपाली काग्रेस मरिण गाउँसमितिका सचिव पुन्य प्रसाद चौलागाई, रास्वपा मरिणका सभापति टेक बहादुर श्रेष्ठ लगाएत वडाबासीहरुको उपस्थिती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?