लङ्गुर खाेलाका विद्यार्थीलाई ट्रयाकसुट र झाेला वितरण

सिन्धुली प्रेस
  • ख-
  • ख+

तीनपाटन गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री कालिका मावि लंगुर छविसे र आधारभुत विद्यालय लंगुर नर्कटेका विद्यार्थीहरूलाई शनिबार ट्रयाकसुट पोषाक र झोला वितरण गरिएको छ । भगवती अंग्रेजी मावि माढीबजार सिन्धुली र कोबे ईन्टरनेशनल एजुकेसन सेन्टर (KIEC) सिन्धुलीको सहयोगमा कालिका मावि लंगुर छविसेका विद्यार्थी र आधारभुत विद्यालय लंगुर नर्कटेका विद्यार्थीलाई ट्रयाकसुट र झोला वितरण गरिएको छ ।

शनिबार आयोजित एक कार्यक्रमका बिच बागमती प्रदेश सरकारका उद्योग,बाणिज्य, भुमि तथा प्रशासन मन्त्री शुक माया तामाङले वितरण गर्नुभएको हो । कालिका मावि लंगुर छविसेका दुई सय जना र आधारभुत विद्यालय लंगुर नर्कटेका ४१ जना विद्यार्थीहरूलाई ट्रयाकसुट वितरण भगवती अंग्रेजी मावि माढीबजार सिन्धुलीका प्रिन्सिपल कृष्ण कुमार उप्रेतीले बताउनुभयो ।

कोबे ईन्टरनेशनल एजुकेसन सेन्टरले कालिका मावि लंगुर छविसेका गरिव,जेहन्दार, विपन्न ५० जना विद्यार्थी र आधारभुत विद्यालय लंगुर नर्कटेका ४१ जना जना विद्यार्थीलाई झोला वितरण गरिएको प्रबन्धक निसान बुढाथोकीले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शुक माया तामाङले वितरण भएको झोला र ट्रयाकसुटले बालबालिकाहरूको पढाइमा टेवा पु¥याउने बताउनुभयो ।

भगवती अंग्रेजी माविका प्रिन्सिपल कृष्ण कुमार उप्रेतीले शिक्षालाई संस्कारसँग जोड्नुपर्ने बताउदै परिवारले बालबालिकालाई संस्कार सिकाउनुपर्ने बताउनुभयो । उहाँले बालबालिकाहरूले प्रविधिलाई पढाईमा सहयोग पुग्ने गरि प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिको दबदभाका कारणले सरकारी विद्यालयको गुणस्तर खस्किदै गएको समेत बताउनुभयो ।

कोबे ईन्टरनेशनल एजुकेसन सेन्टरका प्रबन्धक निसान बुढाथोकीले आफुले पढेको विद्यालयका बालबालिकालाई सानो भए पनि सहयोग गर्न पाउँदा हर्षित भएको बताउनुभयो । उहाँले विद्यालयले घोषणा गरेको अक्षयकोषमा आफ्नो तर्फबाट १ लाख १ हजार योगदान गर्न पाउँदा खुसी लागेको समेत बताउनुभयो । उहाँले चैत भित्र सिन्धुलीका अरू ५ वटा विद्यालयका विद्यार्थीलाई पनि झोला वितरण गरिने बताउनुभयो ।

कालिमा मावि लंगुर छविसेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिद्धि कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष बाबुराम देवकोटा, पुर्वअध्यक्ष मीन कुमार दाहाल, पत्रकार महासंघ बागमती प्रदेश समितिका पुर्वसचिव राजन गाउँले, पत्रकमर महासंघ सिन्धुलीका कोषाध्यक्ष अनिल भण्डारी, वाईसीएल सिन्धुलीका नेता अविरल राना लगाएको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्