
सिन्धुली, ५ असोज । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा रासायनिक मलको विक्रि वितरणको लागि ७ वटा सहकारी संस्थाहरु सुचिकृत भएका छन् ।
गाउँपालिकाले गएको शुक्रवार निकालेको सुचना अनुसार आर्थिक बर्ष २०८१÷०८२ मा किसानलाई रासायनिक मल विक्री वितरण गर्नको लागि सात वटा सहकारी संस्थाहरु सूचिकृत भएको जनाएको छ ।
गाँउपालिकाको स्थानीय तह मल वितरण व्यवस्थापन समितिको बैठकले चालु आर्थिक बर्षमा रासायनिक मल बिक्रेताका लागि सहकारी संस्थाहरु सुचिकृत गर्ने निर्णय गरेको हो ।
सूचिकृत हुने सहकारीहरुमा हातेमालो उद्यमशिल कृषि सहकारी संस्था लिमिटेड वडा नं Þ५ भलखडा, ताम्सालिङ जुनार कृषि सहकारी संस्था लिमिटेड वडा नं Þ१ बढारे, जनएकता लघुउद्यम कृषि सहकारी संस्था लिमिटेड, वडा नं २ झनmने रहेको छ ।
त्यस्तै श्री सुनाखरी कृषि सहकारी संस्था लिमिटेड, वडा नं ७ क्यानेव्श्रर, श्री गुर्जीठाकुर साना किसान कृषि सहकारी संस्था लिमिटेड, वडा नं १ ककरे, बेलपाती जडीबुटी सहकारी संस्था लिमिटेड, वडा नं ४, हरिहरपुरगढी साना किसान सहकारी संस्था लिमिटेड, वडा नं ३ रानीपानी रहेका छन् ।
सूचिकृत भएका सहकारीहरुलाई आफ्नो कार्य क्षेत्रका कृषकहरुलाई मात्रै अनुदानको रासायनिक मल वितरण गर्न गाउँपालिकाले आग्रह गरेको छ ।
आफ्नो कार्य क्षेत्र भन्दा बाहिर अनुदानको रासायनिक मल बिक्रि गरेमा नियमाअनुसार कारबाही गरिने गाउँपालिकाले जनाएको छ ।