रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

सिन्धुली प्रेस
  • ख-
  • ख+

बैशाख ३० । काठमाडौं जिल्ला अदालतले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
गत चैत्र १५ गतेको तिनकुने घट्नामा मिश्र र प्रसाईंलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । मिश्र तिनकुने घट्ना भएकै दिन चैत्र १५ गते राति पक्राउ परेका थिए ।
उनी हिरासतमा बसेको आज ४६ दिन पूरा भएको छ । तर, प्रसाईं भने निकै पछि भारतबाट पक्राउ परेका हुन् । मिश्रको परिवारले आजमात्रै गैरकानूनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्