माझीहरुको कोशी पुजा मनाउन मरिण गाउँपालिकामा दुई दिन सार्वजनिक विदा

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, फागुन १८ गते । सिन्धुलीको मरिण गाउँपालिकाले माझी समुदायको मुख्य पर्व लदी (कोशी) पूजाको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाले आज सुचना निकालेर लदी पुजाको अवसरमा फागुन १९ र २० गते दुई दिन स्थानिय विदा दिईएको जनाएको छ ।

गाउँपालिकाको कार्यालय, सात वटै वडा कार्यालयहरु तथा शिक्षण संस्थाहरुमा स्थानिय विदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासले जारी गर्नुभएको सुचनामा उल्लेख छ । मरिण गाउँपालिकामा तामाङ पछि माझी समुदायको मुख्य बाहुल्यता रहेको छ । माझी समुदायको संस्कार, सस्कृति र भेष–भुषालाई संरक्षण गर्न र पर्वलाई हर्षोउल्लासका साथ मनाउनको लागि स्थानिय विदा दिईएको गाउँपालिकाले जनाएको छ ।













कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्