
सिन्धुली, फागुन २० गते । सिन्धुलीको सुनकोशी गाउँपालिकाले माझी समुदायको मुख्य पर्व लदी (कोशी) पूजाको अवसरमा सार्वजनिक बिदा भएको छ ।
गाउँपालिकाले हिजो सोमवार सुचना निकालेर लदी पुजाको अवसरमा आज मंगलवार एक दिन स्थानिय विदा दिईएको जनाएको छ ।
गाउँपालिकाको कार्यालय, सात वटै वडा कार्यालयहरु, स्वास्थ्य संस्था र सबै शिक्षण संस्थाहरुमा स्थानिय विदा दिईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जारी गर्नुभएको सुचनामा उल्लेख छ ।
माझी समुदायले प्रत्येक बर्ष फागुनको तेस्रो मंगलवार लदी(कोशी) पुजा मनाउने गर्छन । मरिण गाउँपालिकाले कोशी पुजाको अवसरमा सोमवार र मंगलवार दुई दिन स्थानिय विदा दिएको छ ।
मरिण गाउँपालिकामा तामाङ पछि माझी समुदायको मुख्य बाहुल्यता रहेको छ । माझी समुदायको संस्कार, सस्कृति र भेष–भुषालाई संरक्षण गर्न र पर्वलाई हर्षोउल्लासका साथ मनाउनको लागि स्थानिय विदा दिईएको गाउँपालिकाहरुले जनाएका छन् ।