माओवादी प्रति जनविश्वास बढ्दै गएको छ ः अध्यक्ष सहयात्री पौडेल

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, २० मंसिर । नेकपा (माओवादी केन्द) बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले पछिल्लो समय पार्टी प्रति जनविश्वास बढ्दै गएको बताउनुभएको छ ।

आज नेकपा (माओवादी केन्द) मरिण गाउँकमिटि, सिन्धुलीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले गएको मंसिर १६ गते भएको स्थानिय तह उपनिर्वाचनको मत परिणामले पार्टी प्रति जनविश्वास बढ्दै गएको पुष्टी गरेको बताउनुभयो ।

बागमती प्रदेशसभा सदस्य समेत रहेका पौडेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) प्रधानमन्त्री हुदाँ चलाएको भ्रष्ट्रचार विरुद्धको अभियान, सुशासनमैत्री सेवा प्रवाह लगाएतका महत्वपूर्ण कदमहरुले गर्दा माओवादी प्रति जनताको आशा पलाउदै आएको बताउनुभयो ।

माओवादी कमजोर भयो भनेर खिसी टिउरी गर्नेहरु उपनिर्वाचनको परिणामले चकित परेका अध्यक्ष पौडेलले बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगि मुद्धामा रास्वपा सभापति रवि लामिछानेलाई अनावश्यक दुःख दिने नियतले विभिन्न जिल्लाहरुमा घुमाई रहेको आरोप समेत लगानुभयो ।

एमाले कार्यकर्ताहरुले संचालन गरेका देशभरका ७० प्रतिशत सहकारीहरु मध्ये अधिकांश सहकारीहरुमा समस्या रहेको उहाँको दावी छ ।

समस्याग्रस्त सहकारीका आफ्ना कार्यकता जोगाउन कै लागि प्रधानमन्त्री ओलीले सभापति रवि लामिछानेलाई अनावश्यक दुःख दिएको उहाँले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्