
सिन्धुली, २९ चैत । नेकपा ९माओवादी केन्द० कमलामाई नगरसमितिको अध्यक्षमा पुनः शेर बहादुर कार्की चयन हुनुभएको छ । आज कमलामाई नगरपालिका –८ माईथानमा भएको दोस्रो सम्मेलनले कार्कीको अध्यक्षतामा ६५ सदस्यीय नयाँ नगर समिति सर्वसम्मत चयन गरेको हो । नगर समितिको उपाध्यक्षमा किरण श्रेष्ठ, इन्द्र वाईबा, मनोज अधिकारी सचीवमा चन्द्रनाथ गौतम, सह–सचिबमा केशरी दर्नाल र कोषाध्यक्षमा दुर्गालक्ष्मी श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।
अध्यक्ष कार्की, सचिव गौतम र कोषाध्यक्ष श्रेष्ठको यो दोस्रो कार्यकाल हो । पार्टीको केन्द्रिय सल्लाहकार समिति सदस्य रस बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला तथा नगरसमितिका विभिन्न तहका नेता,कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।