![](http://sindhulipress.com/wp-content/uploads/2025/01/472152276_2315084298856987_1746619602876616150_n.jpg)
सिन्धुली, २० पुष । नेकपा (माओवादी केन्द्र) सुनकोशी गाउँपालिका कमिटिको दोस्रो अधिवेशन आज भईरहेको छ ।
सुनकोशी गाउँ कमिटिका अध्यक्ष दुधराज पुलामीको अध्यक्षता तथा केन्द्रीय सदस्य बुद्धिमान माझी(बसन्त) को प्रमुख आतिथ्यतामा भएको अधिवेशनको उद्घाटन कार्यक्रममा केन्द्रिय सदस्यद्धय लेखनाथ दाहाल(राजन), दिर्घराज श्रेष्ठ, बागमती प्रदेश कमिटी सहसचिव प्रकास श्रेष्ठ, सिन्धुली जिल्ला संयोजक पानीराज बम्जन लगाएतका नेता,कार्यकर्ताहरुको उपस्थिती रहेको छ ।
![](https://sindhulipress.com/wp-content/uploads/2025/01/472385125_2315084408856976_7809119326601942515_n-1024x768.jpg)
नयाँ नेतृत्व चयनको लागि आयोजित अधिवेशनको अहिले बन्दसत्र सुरु भएको प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य पत्रकार मीन कुमार दाहालले जानकारी दिनुभयो ।
सुनकोशी गाउँपालिका ५ मुल्कोटको कबड हलमा सुरु भएको बन्दसत्रमा सहमतीमा नयाँ पदाधिकारी चयनको प्रयास भईरहेको बताईएको छ ।
सहमती नजुटेमा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुने पार्टीले जनाएको छ ।