सिन्धुली, २१ पुष । नेकपा(माओवादी केन्द्र) सुनकोशी गाउँपालिका कमिटीको नयाँ पदाधिकारीहरु सर्वसम्मत चयन गरिएको छ ।
आज सम्पन्न भएको दोस्रो गाउँ अधिवेशनले नेत्र राना मगरको अध्यक्षतामा ४० सदस्यीय नयाँ कमिटि चयन गरेको हो ।
कमिटिको उपाध्यक्षहरुमा पेमा लामा, बिष्णु राज थापा, चिरञ्जीवी दाहाल,सचिवमा रोसन तोलाङ्गे, सहसचिवमा ओम बहादुर किङरिङ र कोषाध्यक्षमा सिता श्रेष्ठ सर्वसम्मत चयन भएका माओवादी केन्द्र सुनकोशी गाउँ कमिटिका इन्चार्ज भेषराज दाहालले जानकारी दिनुभयो ।
दोस्रो अधिवेशन हिजो उद्घाटन भएको थियो । सुनकोशी गाउँ कमिटिका निवर्तमान अध्यक्ष दुधराज पुलामीको अध्यक्षता तथा केन्द्रीय सदस्य बुद्धिमान माझी(बसन्त) को प्रमुख आतिथ्यतामा भएको अधिवेशनको उद्घाटन कार्यक्रममा केन्द्रिय सदस्यद्धय लेखनाथ दाहाल(राजन), दिर्घराज श्रेष्ठ, बागमती प्रदेश कमिटी सहसचिव प्रकास श्रेष्ठ लगाएतका नेता, कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।