सिन्धुली, १४ प्ुष । नेकपा(माओवादी केन्द्र) मरिण गाउँपालिका कमिटिको अधिवेशनको तयारी तिव्र बनाइएको छ । नेकपा(माओवादी केन्द) मरिण गाउँ कमिटिको दोस्रो गाउँ अधिवेशन यही पुष १७ र १८ गते हुने हुदैछ ।
नयाँ नेतृत्व चयन गर्ने गरी हुन लागेको अधिवेशनको पुर्व सभामुख एवं माओावदी केन्द्रका उपाध्यक्ष, बागमती प्रदेश इन्चार्ज अग्नि प्रसाद सापकोटाले उद्घाटन गर्ने कार्यक्रम रहेको मरिण गाउँ कमिटिका अध्यक्ष काजीमान थिङले जानकारी दिनुभयो ।
हिजो बसेको पूर्ण बैठकले अधिवेशनसमा सहभागी हुने प्रतिनिधिहरुको संख्या टुङ्गो लगाएको छ भने अध्यक्ष थिङले प्रस्तुत गर्नुभएको पार्टीको सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष नरेन्द्र कर्मचार्यले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
माओावादी केन्द्र मरिणको पार्टी सदस्य संख्या कुल २ हजार ६ सय ४३ जना रहेको छ । अधिवेशनको लागि २ सय ८६ जना प्रतिनिधि छनोट भएका अध्यक्ष थिङले जानकारी दिनुभयो ।
अधिवेशनको लागि गाउँपालिकाको सात वटा वडाहरुबाट १ सय ३२ जना, पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु ३३ जना, १५ वटा जनबर्गिय संगठनबाट ७५ जना, गाउँ कमिटिका सम्मानित सल्लाहकार २६ जना, मरिण – काठमाडौँ सम्पर्क समितिबाट ६ जना र मनोनितबाट १४ जना गरी २ सय ८६ जना प्रतिनिधि छनोट भएका हुन् ।
सहमतीमा कमिटिको नयाँ नेतृत्व चयन हुन नसकेमा छनोट भएका प्रतिनिधिहरुले मतदान गरेर नेतृत्व चयन गर्नेछन् ।
बागमती प्रदेश कमिटिको सचिवालय सदस्य तुला बहादुर माझीको प्रमुख आतिथ्यतामा बसेको बठैकले अधिवेशन भव्यरुपमा सफल बनाउन विभिन्न व्यक्तिहरुलाई विभागिय जिम्मेवारी समेत बाडँफाड गरेको छ ।