
सिन्धुली, ५ माघ । नेकपा(माओवादी केन्द) तीनपाटन गाउँपालिका कमिटिको दोस्रो गाउँ अधिवेशन आज उद्घाटन गरिएको छ । नयाँ नेतृत्वचयनगर्ने गरी सुरु भएको अधिवेशनको पार्टीका सचिव राम कार्कीले उद्घाटन गर्नुभएको हो ।
तीनपाटन गाउँपालिका ५ मझुवा दोभानमा भएको अधिवेशनको उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्यएवं सिन्धुली जिल्लाइन्चार्ज बुद्धिमान माझी(बसन्त), अर्को केन्द्रिय सदस्यएवं प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन), प्रदेश कमिटिका सहसचिव प्रकास श्रेष्ठ, सिन्धुली जिल्ला सचिवविनोद विक लगाएत जिल्ला तथा पालिका कमिटिका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
उद्घाटन कार्यक्रम सम्बोधन गर्दै सचिव रामकार्कीले जनुयुद्धकै कारण देशमा संघियता, गणतन्त्र आएको दाबी गर्नुभयो । उहाँले जनयुद्धको बलमा स्थापना भएको अहिलेको व्यवस्थालाई सबल र सुढृण बनाउन माओवादीहरु एकजुट हुनुपर्ने बताउनुभयो ।
केन्द्रिय सदस्यहरु बुद्धिमान माझी र लेखनाथ दाहालले माओवादी केन्द्रको प्रत्यक्ष पहलमा तीनपाटनमा विकासका योजनाहरु धमाधम संचालनभईरहेको बताउनुभयो ।
प्रदेश कमिटि सचिवप्रकास श्रेष्ठले पार्टीलाई नयाँगन्तव्यमा लैजान सक्ने सक्षम नेतृत्व चयनगर्न प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । अधिवेशनका क्रममा दर्जनौ जनाविभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश समेत गरेका छन् ।
अधिवेशनबाट सकभर सहमतीमा गाउँ कमिटिको नयाँ नेतृत्व चयन गर्ने प्रयास गरिने बताईएको छ ।