
सिन्धुली, ५ माघ । नेकपा (माओवादी केन्द्र )तीनपाटन गाउँपालिका कमिटीकाे अध्यक्षमा दिनेश रमाैली चयन भएका छन् । आज भएको दोश्रो गाउँ अधिवेशनबाट सर्वसम्मत रमाैलीकाे अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन गरिएको हाे । कमिटीको उपाध्यक्षमा खुसीराज बाँस्तोला, रिता लामिछाने, धनबहादुर तामाङ , सचिबमा सुशील भण्डारी, सह सचिबमा थलिना बि क र कोषाध्यक्षमा रमेश अधिकारी चयन भएका छन् । तीनपाटन गाउँपालिका ५ मझुवा दाेभानमा भएकाे अधिवेशन माओवादी केन्द्रका सचिव राम कार्कीकाे प्रमुख आतिथ्यतामा उद्घाटन भएको थियोे ।