माओवादी केन्द्र गोलन्जोर गाउँ कमिटिको अध्यक्षमा पुन श्रेष्ठ निर्वाचित

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, २७ पुष । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)गोलन्जोर गाउपालिकाको अध्यक्षमा पुन रोशन श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

आज भएको गोलन्जोर गाउँपालिकाको दोश्रो अधिबेशनले श्रेष्ठको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल ९राजन० को प्रमुख आतिथ्यमा भएको अधिवेशनले गाउँ कमिटीको उपाध्यक्षमा अमरदिप थापा, बिष्णुकुमारी कार्की, जुद्दबहादुर बिश्वकर्मा९जगत०,सचिबमा देबकुमार श्रेष्ठ, सह सचीव दिपेन्द्र न्यौपाने र कोषाध्यक्षमा देबराज आले चयन भएका छन् ।

अधिवेशनमा माओवादी केन्द्रको बागमती प्रदेश कमिटी सह(सचिब प्रकाश श्रेष्ठ, बागमती प्रदेश सचिवालय सदस्य तथा प्रदेशसभा सदस्य सुष्मा भुजेल, ज्वाला प्रसाद न्यौपाने९पुकार० लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्